'१ नं प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्छ': नेता भविसोर पराजुली

Posted on: 10 Aug, 2018

साउन २५, बिराटनगर | ने.क.पा. (माओवादी केन्द्र) का उपाध्यक्ष भविसोर पराजुलीले  १ नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्नुपर्ने बताएका छन् । 

ने.क.पा. (माओवादी केन्द्र) प्रदेश नं. १ को पार्टी कमिटिको आयोजनामा सुरु हुने पार्टी प्रशिक्षणका लागि आज विराटनगर आईपुगेका नेता भविसोर पराजुलीले सञ्चारकर्मी सँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । 

पार्टीका उपाध्यक्ष तथा भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान नेपालका सस्थापक अध्यक्ष समेत रहेका नेता भविसोर पराजुलीले संचारकर्मी माँझ विशेष जोड दिदै भने किराँत प्रदेश जनयुद्धले स्थापित गरेको एजेण्डा हो । यसलाई कार्यान्वयनमा लैजानुपर्छ । यो अहिले हाम्रो महान् र गौरबशाली पार्टी ने.क.पा. (माओवादी केन्द्र) को एजेण्डा पनि हो । त्यसैले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश हुनुपर्छ भन्नेमा हाम्रो विशेष जोड रहेको छ ।

साथै दुई दिनसम्म चल्ने ने.क.पा. (माओवादी केन्द्र) १ नम्बर प्रदेश पार्टी प्रशिक्षणमा पार्टीका अध्यक्ष तथा पदाधिकारीहरु र १ नं. प्रदेश अन्र्तगतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकारहरु, महाधिवेशन आयोजक सदस्यहरु, जिल्ला इन्चार्ज तथा संयोजकहरु लगायत प्रदेश अन्र्तगतका सबैतहका पार्टी कमिटी सदस्यहरु, जवस, मोर्चा र विभागीय प्रमुख तथा सदस्यहरुको सहभागिता रहने जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!