संविधानको ढाँचा अनुसार काङग्रेस विधान संशोधन हुनुपर्छ: नेता सिंह

Posted on: 14 Dec, 2018

मङ्सिर २८, विराटनगर | नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकर सम्मेलनमा उहांले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले गति लिने बताउनुभयो । उहाँले काङ्ग्रेस महासमिति बैठक पार्टीमा ऊर्जा दिन र विधानलाई समावेशी चरित्रको बनाउने गरी व्यापक छलफल हुने भन्दै अगामी महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन हुने धारणा राख्नुभयो । 

नेता सिंहले सरकारमा काङ्ग्रेसले प्रतिपक्षको भूमिकालाई सशक्त पार्न नसके पनि जनताका विषयमा निरन्तर आवाज उठाइरहेको बताउँदै सरकारले जनताले दिएको अवसर पूर्ण सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनताले अनुभूति गर्न सक्ने किसिमको महङ्गी नियन्त्रण, शान्ति सुरक्षा र विकासमा सरकारले विशेष ध्यान दिन सुझाव दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!