मोरङमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

Posted on: 25 May, 2018

जेठ ११ विराटनगर | मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

सोही गाउँपालिका–४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ । 

उनलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् । 

आगलागी 

यसैबीच, मोरङको बेलबारी–७ मा गएराति ११ बजे अचानक आगलागी हुँदा एक परिवारको रु ५० हजारभन्दा बढी क्षति भएको छ । 

सो वडाको बाहुनी बस्ने दिलमाया ठकुरीको घरमा अचानक आगलागी हुँदा एकतले घर र घरभित्र रहेका सामानमा लत्ताकपडा, खाद्य सामग्री, भाडावर्तन र हाँस, कुखुरा जलेर नष्ट भएको १ नं प्रहरी प्रदेशको कार्यालय, विराटनगरले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!