गोरेको बयान सकियो, उनीमाथि यस्तो मुद्दा चलाइने

Posted on: 27 May, 2018

जेठ १३, काठमाण्डौ | तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ।


जिल्ला अदालत मोरङमा जारी बयान ४ दिनपछि सकिएको हो । जिल्ला अदालतको बन्द इजलासमा बुधबारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो।

आजै केहीवेर पछि थुनछेक बहस थालिने जिल्ला अदालत स्रोतले जनाएको छ । 

बयानका क्रममा गोरेले आफू नै सुन तस्करीको मुख्य मान्छे नभएको बताएका छन्।

जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र वकिल यमबहादुर मगरले गोरेका पक्षमा बहस गर्ने भएका छन्।

बहसपछि आजै फैसला आउने सम्भावना रहेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ।

उनको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् । गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लगाइएको छ ।

गोरे लगायतको समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोग लागेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!