सप्तकोशीमा ट्रक खस्दा दुईको मृत्यु, ७ घाइते

Posted on: 20 Jun, 2018

असार ६, राजविराज | पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा आज ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । 

मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । 

हेटौंडाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ३५६ नं को ट्रकमा को १ क १०४३ नं को स्काभेटर ‘लोड’ गरी जाँदै गरेको अवस्थामा सप्तकोशी नदीमा खसेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!