मोरङमा पानीमा डुबेर दुई जनाको मृत्यु

Posted on: 12 Jul, 2018

असार २८, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट निस्कनुभएका माझी आज दिउँसो खोला किनारमा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!