उत्कृष्ट कृषक सम्मानित

Posted on: 01 Oct, 2016

रोशन पोखरेल/असोज १५, विराटनगर । सिंहदेवी मोरङको सुनधारा कृषि सहकारी सस्थाले आफ्नो पाँचौ साधारण सभाको अवसर पारेर दुई उत्कृष्ट कृषक सेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

बेमौसमी तरकारी खेतीमा उत्कृष्ट भएको भन्दै सिंहदेवी ३की सेयर सदस्य लिला बिक र बाख्रा पालनमा उत्कृष्ट हुने सिंहदेवी १का मानबहादुर राई सम्मानित हुनु भएको हो ।

सस्थाले सम्मानितहुने लिला बिकलाई कुटो प्रदान गरी दोसल्ला ओढाएर र मानबहादुर राईलाई खुर्पा प्रदान गरि दोसल्ला ओढाएर सम्मान सम्मान गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!