उर्लाबारीमा पुल त बन्यो, तर बाटो छैन

Posted on: 08 Sep, 2017

भदौ २३, मोरङ। निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । 

मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा सञ्चालनमा आउन नसकेको हो । उर्लाबारी–९ र दमक–१० जोड्ने मावा खोलामा जिल्ला समन्वय समिति झापाको रु चार करोड २१ लाखको लागतमा पुल निर्माण भएको हो । 

पुलको निर्माण कार्य जेठ पहिलो सातामै सम्पन्न भएपनि मोरङतर्फको करिब ५०० मिटर बाटो नबन्दा पुल सञ्चालनमा आउन सकेको छैन जसका कारण सो क्षेत्रका स्थानीयवासीलाई आवात–जावतमा समस्या भएको छ । ६६ मिटर लम्बाई र ५.४५ मिटर चौडाइको पुलको निर्माण कार्य काठमाडौँको बिटी निर्माण सेवाले सम्पन्न गरेको पुल रेखदेख समितिका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो । 

पुल बनिसके पनि उर्लाबारी तर्फको ५०० मिटर बाटो निर्माणको प्रक्रिया अझै शुरु हुन सकेको छैन । बाटो नबन्दा स्थानीय बासिन्दा अन्यौलमा परेका छन् । उक्त पुल निर्माणमा प्राविधिक सहयोग पु¥याएको लोकल रोड एण्ड ब्रिज कार्यक्रमका टेक्निकल अफिसर सर्वेन्द्र चौधरीले पुल पश्चिमतिर दुईवटा कल्भर्टसहित करिब ५०० मिटर नयाँ बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । 

तर बाटो निर्माणको प्रक्रिया अघि नबढ्दा पुल निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसकेको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!