खम्बुवानको प्रथम थलाहा गाउँ भेला सम्पन्न

Posted on: 20 Nov, 2016

कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष डि.एस खम्बुले वताउनुभएको छ । 

आज पार्टीको प्रथम थलाहा गाउभेलाका प्रमुख अतीथी उहाले भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो वताउनुभएको हो । खम्बुले ६२–६३ पछि नेपाली राजनितिको परिदृश्य परिवर्तन भएको र एकात्मकवादी तथा माओवादी समेत पछिल्लो समयमा पश्चगमन तर्फ गईरहेकोले संविधान कार्यान्वयन गर्न खम्बुवान, लिम्बुवान , पहिचानवादी पार्टीहरु, आदिवासी जनजाती, दलित, मुस्लिम, थारु, सिमान्तकृत वर्गहरु एक हुनुको विकल्प नरहेको वताउनुयो । मोरङको थलाहा गाउ कमिटीकी अध्यक्ष पविता ऋषिदेवको सभापतित्वमा सम्पन्न सो भेलाका विशिष्ठ अतीथीमा  पार्टीका केन्द्रिय सचिव भूपी कोइ, केन्द्रिय कोषाध्यक्ष दिलराम खम्बु तथा विशेष अतिथीमा खम्बुवान नारी मोर्चाकी संयोजक अमिता खम्बु रहनुभएको थियो । 

केन्द्रिय उपसचिव राजुदेव राई, केन्द्रिय प्रवक्ता रणेन्द्र थिमा्रहाङ, खस परिषद संयोजक भिम तिम्सीना, ब्राम्हण परिषद संयोजक नारायण प्रसाद नेपाल, पार्टीका केन्द्रिय सदस्य डम्बर खम्बु, अल्विना राई, मनकुमारी खम्बु, सौराज राईलगायतका अतीथी रहनुभएको सो भेलाले सम्झना राईको अध्यक्षतामा १३ सदस्यिय थलाहा गाउ कमिटी गठन गरेको छ । समितीको उपाध्यक्षमा अनिता रिखियासन सचिवमा धन बहादुर विक र कोषाध्यक्षमा कुन्ती ऋषीदेव रहनुभएको छ । 

यसैगरी मोरङकै टाडीमा समेत अमृत राईको अध्यक्षतामा १३ सदस्यिय गाउ कमिटी गठन गरिएको पार्टीका केन्द्रिय उप– सचिव राजुदेव राईले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!