विप्लब माओवादीद्धारा दुगडको जग्गा कब्जा

Posted on: 25 Nov, 2016

रोशन पोखरेल/मङ्सिर १०, विराटनगर । विप्लब माओवादीद्वारा मोरङको गोविन्दपुरमा रहेको किशानलाल दुगडको जग्गा कव्जा गरेको छ । 

विराटनगरमा आज पत्रकार सम्मेलन गरि जग्गा कब्जा गरेको जानकारी गराइएको छ । गरिव जनताले उपभोग गर्दै आएको जग्गामा भुमाफिया दुगड रहेको आरोप लगाउदै उक्त जग्गा कव्जा गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

पार्टिको केन्द्रिय निर्णयको समर्थनमा जग्गा कब्जा गरिएको माओवादीका जिल्ला सेक्रटरी पुस्करद्धारा विज्ञप्तिमा जनाइएको छ । 

लामो समयसम्म भुमिहिनहरुले उपभोग गर्दै आएको जग्गा माओवादी शान्ति प्रक्रियामा आउनु भन्दा अगाडि पनि माओवादीले कब्जा गरेको थियो । गरिव जनतालाई माथि उठाउन कब्जा गरिएको माओबादीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!