नागरिक समाजवादी पार्टीद्वारा आन्दोलनको घोषणा

Posted on: 03 Dec, 2016


मंसिर १८, विराटनगर । राज्य पुनसंरचनाको तथा श्रोत बाँडफाट आयोगको प्रतिवेदनले सिफारिस गरेको तराईमा दुई प्रदेशको सुनिश्चिततालगायतका माग राख्दै नागरिक समाजवादी पार्टीले आन्दोलनका विभिन्न कार्यक्रम अगाडि सारेको छ । 

पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले आज विराटनगरमा पत्रकार सम्मेलनका आयोजना गर्दै टिकापुर घटनाका निर्दोष बन्दीहरुको रिहाई, जातीय जनसंख्याको आधारमा राज्यको हरेक तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताको माग गरिएको छ । तराईमा थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरिनुपर्ने समेत माग गर्दै पौष ६ गते तराई थरुहटमा चक्काजामको आयोजना गर्ने जनाएको छ । 

संयोजक लेखीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मंसिर २० गतेदेखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, पौष ५ गते मंगलबार टोल, गाउँ र चोकमा मसाल जुलुश प्रदर्शन गर्ने र पुष ६ गते थरुहट तराईमा चक्काजाम गर्ने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!