स्थानीय निर्वाचन नहुँदासम्म सरकार परिवर्तन हुँदैनः सिटौला

Posted on: 08 Dec, 2016

मंसिर २३, बिराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त कुराकानी गर्दै नेता सिटौलाले सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको टिप्पणी गरे ।

उनले अघि भने, संसदमा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ ।’

स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उनले बताए । सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको भन्दै कांग्रेसका नेता सिटौलाले भने, ‘समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ ।’ रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!