उर्लाबारीको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

Posted on: 05 Jul, 2017

असार २१, मोरङ । उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खड्ग फागोले ११ हजार ६३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गर्नुभयो । उक्त नगरपालिकामा कुल २४ हजार ६३३ मत खसेको थियो । 

त्यस्तै उपप्रमुखमा एमालेका लक्ष्मी भण्डारीले नौ हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सीता कार्कीले नौ हजार २८० मत प्राप्त गर्नुभयो । 

मोरङ जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको उर्लाबारी नगरपालिकामा काँग्रेसले पाँच वटा वडा अध्यक्ष र एमालेले चारवटा वडा अध्यक्षमा विजयी भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!