मोरङमा करेन्ट लागेर एकको मृत्यु

Posted on: 07 Aug, 2017

साउन २३, मोरङ । मोरङको सुन्दरहरैचा नगरपलिका–४ बाँसबारीमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँका मोहन गुरुङको घरमा डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–१ का ४० वर्षीय प्रकाश थापा रहेका छन् । 

राति ११ बजे सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!