कांग्रेसलाई ठूलो झड्का, शेखर कोइराला माथि लालबाबु पण्डितको जित

Posted on: 09 Dec, 2017

मंसिर २३, मोरङ । नेपाली कांग्रेसकै ऐतिहासिक मोरङमा यो पटक भने खानदानी बिरासत भत्किएको छ, यहाँ एमालेका उम्मेदवार लालबाबु पण्डित बिजयी भएका छन् ।

कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको कोइरालालाई पराजित गरेका हुन् ।

लालबाबुले ३३ हजार ९४१ मत पाउँदा कांग्रेसका शेखरले ३३ हजार २६६ मत पाएका थिए । 

पण्डित सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण चर्चित बनेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!