प्रदेशसभाको बैठक चौथोपटक अनिश्चित कालका लागि स्थगित

Posted on: 14 Mar, 2021

चैत १, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो  बैठक यही चैत २ गते बस्ने भनिएकामा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनापत्रमा  विशेष कारणले प्रदेशसभा नियामावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । 

यसअघि गत फागुन १९ गते प्रकाशित सूचनामा सोमबार अपराह्न १२ः३० बजे बैठक बस्ने भनिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!