बसको ठक्करबाट प्रधानाध्यापक ओझाको मृत्यु

Posted on: 22 Feb, 2017

फागुन ११उर्लाबारी,  । स्थानीय केरौन– १ स्थित राजमार्गमा आज बिहान बसले ठक्कर दिँदा मोटरसाइकल चालक पथरी शनिश्चरे– ५ स्थित जनता माविका प्रधानाध्यापक मेघनाथ ओझाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी सवार सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डम्बर चम्जोङ गम्भीर घाइते हुनुभएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको केरौन– १ स्थित चिसाङ पुल छेउमा पूर्वतर्फ आइरहेको को १ ख ५४४६ नं को यात्रुबाहक बसले पश्चिमतर्फ गइरहेको को १६ प २१९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका ६० वर्षीय ओझाको नोबेल अस्पतालमा उपचारका क्रममा बिहान ११.३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते ४० वर्षीय चेम्जोङको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ . 

यस बिषयमा तपाइको प्रतिक्रिया...!