डोजरले बिद्यार्थी किचेपछि बिराटनगरमा विद्यार्थी र प्रहरीबिच झडप

Posted on: 23 Feb, 2017


फागुन १२, विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत एक विद्यार्थीलाई क्याम्पस अगाडी डोजरले किचेर गम्भिर घाईते बनाएको छ ।

विराटनगर- १८ का १९ वर्षिय रुपेश यादववलाई आज बिहीबार दिउँसो डोजरले किचेर गम्भिर घाईते बनाएको हो । बिबियस दोस्रो वर्षमा अध्ययरत यादव पढाई सकेर घर जाने क्रममा सडक निमार्ण गर्दै गरेको डोजरले किचेको थियो । घाईते यादवको उपचार विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था चिन्ताजनक रहेको हस्पिटलले जनाएको छ ।

यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थीको भिडले डोजरमा आगजनी समेत गरेको मोरङ प्रहरीले जनाएको छ । समयमै आगजनी स्थलमा प्रहरी पुग्न सफल भएपछि डोजरको केही भाग मात्र आगजनी भएको थियो । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाई फायर समेत गरेको विद्यार्थीहरुको भनाई छ । यता विद्यार्थीहरुले डोजर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शनीमा उत्रिएका छन् । 

विराटनगरको रोडशेष चोकमा नाराबाजी गर्दै उनीहरुले नगर क्षेत्रको कलेज, स्कूलहरु समेत बन्द गराएका छन् । विद्यार्थीहरुले चालकलाई तत्काल कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा नाराबाजी गरिरहेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!