मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Posted on: 26 Sep, 2017

असोज १०, मोरङ । मोरङको बेलबारी नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १: ३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–३ का ३९ वर्षीय अशोक राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ३: ३० बजे मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका–१ का १९ वर्षीय सनम तामाङ गम्भीर घाइते भएकाले उनको धरानमै उपचार भइरहेको छ । 

दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!