सर्पले डसेर एक महिलाको मृत्यु

Posted on: 10 Oct, 2017

असोज २४, विराटनगर । इलामको माई नगरपालिका– १० मा सर्पले डसेर आज एक महिलाको मृत्यु भएको छ । 

इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । 

सर्पले डसी घाइते पौडेलको उपचारका क्रममा झापास्थित चारआली ब्यारेकमा आज मृत्यु भएको प्रहरी चौकी चिसापानीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!