संसदीय मामिला पत्रकारिता अभिमुखीकरण

Posted on: 05 Feb, 2018

माघ २२, विराटनगर | संसदीय समाचार संकलन गर्दा अपनाउनु पर्ने मर्यादा, भाषा, संवैधानिक एवं कानूनी ज्ञानलगायत विषयमा ध्यान दिनुपर्ने आज यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा बताइएको छ । 

नेपाल पत्रकार महासंघ मोरङ शाखाद्वारा आयोजित संसदीय मामिला समाचार संकलन विधिबारे आयोजित कार्यक्रममा संविधानको अध्ययन, संविधानले व्यवस्था गरेको प्रदेशसम्बन्धी व्यवस्था, केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरिएको अधिकारको सूची र उच्च अदालतसम्बन्धी जानकारी सञ्चारकर्मीले राख्नुपर्ने बताइएको छ । 

संसदीय मामिला पत्रकार समाजका पूर्व कार्यवाहक अध्यक्ष मात्रिका पौडेलले संसदीय भाषा, प्रदेशसभा र प्रदेशसभा सरकार, स्थानीय सरकार सञ्चालनसम्बन्धी ऐन, नियम र केन्द्र सरकारले बनाउने नियम कानून सम्बन्धमा चनाखो भएर ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले रोष्टम, कार्य व्यवस्था परामर्श समिति, विधेयक, विशेषाधिकार, अपहेलना, अल्पमत, बहुमत, ह्विप, रुलिङ, गणपूरक संख्या, विशेष समय, शून्य समय, ध्वनि मत, मत विभाजनलगायत संसदीय भाषाका सम्बन्धमा जानकारी गराउनुभएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!