मोरङमा छुट्टाछुट्टै तीन दुर्घटना: एकको मृत्यु, ५ जना घाइते

Posted on: 17 Feb, 2018

फागुन ५, मोरङ । मोरङका तीन स्थानमा भएको सवारी दुर्घटनामा शुक्रबार एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बुढीगंगा गाउँपालिका–३ मा राति १० बजे भारतीय एनएल–०१–डि–२३६९ नम्बरको ट्रकले बा१०च ८२१७ नम्बरको कारलाई ठक्कर दिँदा कारमा रहेका सुनसरीको दुहबी नगरपालिका–४ का २५ वर्षीय प्रज्ज्वल दाहालको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका दुहबी ५ का २६ वर्षीय विकास भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यस्तै, बुढीगंगा गाउँपालिका ५ कोसी राजमार्गमा को २९ प ४१७१ र को ६ प ९५७५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्।

दुवै मोटरसाइकलका चालक बुढीगंगा गाउँपालिका १ बस्ने ३५ वर्षीय विष्णु खड्का र सुनसरी दुहबी नगरपालिका ३ का २० वर्षीय जुबेल राई घाइते भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ। दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको छ।

यसैगरी, विराटनगर महानगरपालिका–१९ मिलन चोकमा राति साढे १० बजे को ३२ प ८९९६ नम्बरको स्कुटर र ना २ प ९३९ नम्बरको मोटरसाइकल ठोक्किँदा स्कुटरमा सवार ग्रामथान गाउँपालिका–२ झोराहाटका २७ वर्षीय दिनेश तामाङ र ३५ वर्षीय मदन बिष्ट घाइते भएको प्रहरीले जनाएको छ। दुवैको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!