मोरङमा खोलामा डुबेर एकको मृत्यु

Posted on: 25 Feb, 2018

फागुन १३, मोरङ | कानेपोखरी गाउँपालिका–६ बस्ने ५१ वर्षीया सुकमाया लिम्बू आज बिहान खोलामा डुबेको अवस्थामा मृतावस्थामा फेला पर्नुभएको छ । 

शनिबार अपराह्न “शनिश्चरे बजार जान्छु” भनेर घरबाट हिँड्नुभएकी राई घर नफर्किएपछि खोजी गर्ने क्रममा पथरीशनिश्चरे नगरपालिका–९ स्थित डाँसखोलामा डुबेको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!