प्रदेश १ मा दुई विधेयक प्रमाणीकरण

Posted on: 30 Aug, 2018

भदौ १४, मोरङ | प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ रहेका छन् । 

प्रदेशसभाको विभिन्न बैठकबाट पारित भई प्रदेश प्रमुखको कार्यालयमा प्रमाणीकरणका लागि प्राप्त हुन आएको दुवै विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव रामकृष्ण गुरागार्इंले बताउनुभयो । 

हालसम्म प्रदेशसभाबाट निर्णय भई आएका १५ वटा विधेयक प्रमाणीकरण भइसकेको प्रदेश सचिव गुरागाईंको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!