मोरङमा ट्रकको ठक्करबाट एकको मृत्यु, दुइ घाइते

Posted on: 11 Sep, 2018

भदौ २६, विराटनगर | विराटनगरमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ |

भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को५प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको हो भने २ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा मोरङको रंगेली नगरपालिका–७ का ३० वर्षीय अंशु अग्रवाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ३८ वर्षीय मनोज अग्रवाल र उनकी ७ वर्षीय छोरी अनिसा अग्रवाल गम्भीर घाइते भएकी छिन् ।

भारतीय ट्रक चालक भारतको आलिगढ बस्ने वर्ष ३० को कमल सिंहलाई वडा प्रहरी कार्यालय (क) विराटनगरको नियन्त्रणमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!