साथीको जन्मदिन मनाउन गएकी १३ वर्षीय वालिका बलात्कृत, १५ वर्षीय बालिकासहित ३ पक्राउ

Posted on: 11 Oct, 2018

असोज २५, मोरङ । मोरङमा साथीको जन्मदिन मनाउन गएकी १३ वर्षीया बालिका साथीकै सहयोगमा सामुहिक बलात्कारको शिकार भएकी छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक बालिका साथीको घरमा जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।

पीडित बालिकाकी साथीले मंगलबार दिउँसो आफ्नो जन्मदिन मनाउन भन्दै १३ वर्षीया बालिकालाई वस्तीभन्दा टाढा जंगलमा रहेको मन्दिरसम्म लगेकी थिइन् ।

बालिका राति अवेरसम्म घर नफर्किएकी उनि एक्कासि भोलिपल्ट बिहान ५ बजे घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । र, आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

उनीहरूमाथि करणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी निशान थापाले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!