तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ

Posted on: 03 Nov, 2018

कात्तिक १७, विराटनगर | तीन वर्षीया बालिकालाई दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् | पक्राउ पर्नेमा विराटनगरका १४ का किराना व्यापारी ५२ वर्षीय भवानीप्रसाद सिंखडा रहेका छन् । 

सिंखडालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । ओखलढुंगा घर भई विराटनगर महानगरपालिका ३ मा डेरा गरी बस्दै आएको एक परिवारकी ३ वर्षीया बालिकालाई सिंखडाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ। 

परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!