विराटनगरमा चिसो वृद्धि

Posted on: 18 Dec, 2018

पुस ३, विराटनगर | विराटनगर आसपासमा आज बिहानैदेखि सिमसिम पानी परेका कारण चिसो बढेको छ । लगभग तीन महीनापछि परेको यो पानीले दलहन, तेलहन र तरकारी बालीलाई असर नगरे पनि धान भित्र्याउनेलाई समस्या भएको कृषि विकास निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगीले जानकारी दिनुभयो । 

पानी परेका कारण विराटनगरभित्रका धुलाम्मे बाटो हिल्लामेमा परिणत भएको छ भने कच्ची सडकमा रहेको खाल्डाखुल्डीले सवारीसाधनलाई पनि समस्या भएको देखिएको छ । यस वर्ष जाडो शुरु हुने समयमा पानी पर्नाले जाडो छिट्टै पलाउने अनुमान गरिएको छ । 

जाडोका लागि मानिसले नेपाल र भारतका बजारमा न्यानो लुगा खरीद गरिरहेका छन् । जाडोका कारण सिरक बनाउने व्यावसायीले पनि राम्रै आम्दानी गरिरहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!