मोरङमा ड्रम पड्किएर मजदूरको मृत्यु

Posted on: 22 Jan, 2019

माघ ८, उर्लाबारी | मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । 

सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो । 

वेल्डिङको काम गर्ने क्रममा ड्रम पड्किएर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बराईलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!