पिकअप दुर्घटनामा चालकको मृत्यु

Posted on: 15 Feb, 2019

फागुन ३, उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित रमिते–टाँडी सडकखण्डमा हिजो साँझ पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

रमिते बजारबाट जाँतेतर्फ आउँदै गरेको को१च ९३२४ नं को पिकअप सडकको उकालोमा अनियन्त्रित भई क्षेत्रीखोलामा खस्दा चालक मोरङ, लेटाङ नगरपालिका–८ का ४५ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको हो । दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका–१ कै ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ गाउँपालिका–५ का २० वर्षीय सुधीर नेपाल घाइते भएका छन् । घाइते दुवैको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । पिकअप भ्यान दुर्घटनास्थलमै रहेको छ भने मृतकको शवलाई परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!