भोजपुर–विराटनगर उडान बन्द, यस्तो छ कारण

Posted on: 21 Mar, 2019

चैत ७, भोजपुर | नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ । मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । 

मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताउनुभयो । निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!