मोरङमा लागुऔषधसहित ५ जना पक्राउ

Posted on: 06 Apr, 2019

चैत २३, विराटनगर– मोरङमा लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार राति ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका दुईबाट दुईवटा मोटरसाइकलसहित ५ जनालाई पक्राउ गरेको हो ।

गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४  नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा  बेलवारी नगरपालिका ९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका ३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्ले रहेका छन् ।

उनीहरुको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।  लागुऔषधसहित पक्राउ परेका ५ जनालाई इलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!