आफ्नै डेरा अगाडि विभत्स हत्या गरिएको अवस्थामा महिलाको शव फेला

Posted on: 20 Apr, 2019

वैशाख ७, विराटनगर । मोरङमा एक महिलाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव विभत्स अवस्थामा फेला परेको हो ।

शुक्रवार राति पथरी बजारमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा छोरासहित पुगेकी उनी राति घर फर्किएकी थिइन् । बिहान शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले महिलाले राति मदिरा सेवन गरेको देखिएको जानकारी दिए । राति मदिरा सेवन गरेर फर्किएकी रिनाको भित्री बस्त्र भने कोठामै भेटिएको प्रहरीले जनाएको छ । 

घटना शंकास्पद भएकाले प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ । अनसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार रिनाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ । रिनाको टाउकोमा गहिरो चोट पनि देखिन्छ । रिनाका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । उनी एक छोरासँग डेरामा बस्दै आएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!