मोरङमा आगलागीबाट ५० लाख बराबरको क्षेती

Posted on: 06 Aug, 2019

साउन २१, बिराटनगर | मोरङको लेटाङ नगरपालिका-६ मा मंगलबार बिहान भएको आगलागीमा परी तीन घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । बिहान ५ स्थानीय मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरू भएको थियो । 

छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २/२ तले घर तथा घरभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। नेपाल प्रहरी, नेपाली सेना, बारुणयन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!