मोरङको एक सामुदायिक वनमा ३ थान बन्दुक फेला

Posted on: 02 Sep, 2019

भदौ १६ , विराटनगर  | मोरङको एक सामुदायिक वनमा ३ थान बन्दुक फेला परेको छ | जिल्लाको सुन्दरहरैँचा नगरपालिका-५ मा रहेको नमूना सामुदायिक वनबाट बवारिसे अवस्थामा ३ थान भरूवा बन्दुक बरामद भएको हो |

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड अवस्थामा रहेको बन्दुक सोमबार विहान फेला पारेको प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी शिकारी गर्ने समूहले प्रहरीको गस्ती टोली देखेपछि छाडेर भागेको हुन सक्ने आशंका प्रहरीको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!