जलाउन लागेको एक महिलाको शव प्रहरीले लियो नियन्त्रणमा

Posted on: 16 Jan, 2020

माघ २,मोरङ | जलाउन लागेको एक महिलाको शव मोरङमा प्रहरीले नियन्त्रणमा लिएको छ | विराटनगर ८ संघिया घाटबाट २८ वर्षकी प्रेमदेवी साहको शव प्रहरीले नियन्त्रणमा लिएको हो | शव जलाउनका लागि ठिक्क पारिएको थियो |

उनको घाँटीमा चोट देखिए पछि  माइती पक्षको दिएको उजुरीका आधारमा  प्रहरीले शव नियन्‍त्रणमा लिएको बताएको छ | साहको बिहीबार विहान मृत्यु भएको थियो | शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए |

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!