मोरङको उखुबारीमा यस्तो अवस्थामा भेटियो युवतीको शव

Posted on: 07 Feb, 2020

माघ २४,  विराटनगर | मोरङको उखुबारीमा एक युवतीको शव भेटिएको छ | 

जिल्लाको विराटनगर स्थित १२ बखरीमा एक महिलाको शव घाँटी काटेको र सलले बेरेको अवस्थामा फेला परेको हो | प्रहरीका अनुसार अन्दाजी २५ वर्षकी युवतीको शव फेला परेको छ |

शवको पहिचान भने खुलेको छैन | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!