आज प्रदेश १ बाट कोरोना सङ्क्रमित ७० जना निको भएर घर फर्के

Posted on: 25 Jun, 2020

असार ११, विराटनगर | प्रदेश नं. १ बाट आज ७० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । 

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङ कोभिड–१९ आइसोलेशन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । 

डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक÷एक जना छन् । आज डिस्चार्ज हुने जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका रहेका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डीन डा शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गर्नुभयो । 

प्रदेश नं। १ बाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या ३५५ पुगेको छ भने यो प्रदेशमा आज सात जना सङ्क्रमित थपिएको छ । तीमध्ये मोरङका एक, सुनसरीका दुई र झापाका चार जना छन् । प्रदेश नं। १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५०५ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!