श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि हातपात

Posted on: 01 Aug, 2020

साउन १७, काठमाडौँ | श्रम रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्‍जेलमाथि कार्यकक्षमै हातपात भएको छ । सञ्‍जेलमाथि कार्यालयमा कार्यरत दुई जना महिला कर्मचारीले हातपात गरेका हुन् ।

ड्युटी सिफ्ट परिवर्तन गर्ने विषयमा भनाभन भएपछि हातपात भएको बताइएको छ । प्रहरीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । प्रेम संजेलमाथि जाईलाग्ने महिला कर्मचारीहरु कार्यालय सहयोगीको रुपमा कार्यरत हुन् ।

उपसचिव सञ्‍जेलले आफूमाथि कुटपिट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!