दुई लाख पाउन बहिनीको अपहरण !

Posted on: 06 Sep, 2020

भदौ २१, विराटनगर । २ लाखको लोभमा परि मोरङमा एक युवकले बहिनी नाता पर्ने बालिकाको अपहरण गरेको खुलेको छ ।

जिल्लाको पथरी शनिश्चरे-८ कि एक १४ बर्षिय बालिकासँग भएको २ लाख पाउन २१ वर्षका दाजु नाता पर्ने सुजन रणपहेलीले साथीहरुको सहयोगमा अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । सुजनले आफ्नै काकाको छोरीलाई अपहरण गरेका हुन् । प्रहरीले घटनामा संलग्न सुजन सहित अन्य युवाहरु २२ वर्षीय रोमन आचार्य, ३७ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको जनाएको छ । 


आचार्य र तामाङ एम्बुलेन्स चालक हुन् । प्रहरीका अनुसार उनीहरुले अपहरणका लागि को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स समेत प्रयोग गरेका थिए । 


अपहरणमा परेकी बालिका भदौ १६ गते मंगलबार रातिदेखि हराएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट १७ भदौमा उद्धार गरिएको थियो । 

किशोरीको आमाले फाइनान्सबाट दुई लाख रुपैयाँ निकालेर छोरीलाई राख्न दिएको र सोहि रकमको लागि अपहरण गरिएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!