मोरङमा विप्लव समूहद्वारा शिक्षकको गोली हानी हत्या

Posted on: 08 Dec, 2020

मंसिर २३, काठमाडौँ | सरकार द्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहले मोरङमा एक शिक्षकको गोलि हानी हत्त्या गरेको छ | जिल्लाको मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको अपहरणपछि गोलीहानी हत्या भएको हो |

मंगलबार बिहान उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए | उनको घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या भएको हो  | घटनामा विप्लव समुहको संग्लनता रहेको आशंका गरिएको छ |

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन् | हत्या गर्नेहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!