समाज | मोरङ्ग - MRG


खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ: मुख्यमन्त्री राई

Posted on October 04, 2018 | views : 1235 | मोरङ्ग - MRG

असोज १८, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलो दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ ।  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको

Read More

मोरङमा प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु

Posted on October 03, 2018 | views : 1561 | मोरङ्ग - MRG

असोज १७, विराटनगर | मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित इस्ट एसिया प्लाष्टिक उद्योगको मेसिनमा ठोक्‍किएर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङ बाक्सिलाकी ३४ वर्षीया सरिता तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङ सोही उद्योगमा मजदुरका रुपमा कार्यरत थिइन्। उनको टुलिटर प्लान्ट ब्लो मेसिनमा ठोक्‍किए

Read More

ज्येष्ठ नगरपिता र नगरआमा घोषणा

Posted on October 01, 2018 | views : 1398 | मोरङ्ग - MRG

असोज १५म सुन्दरहरैचा | मोरङ सुन्दरहरैचा नगरपालिकाका १०२ वर्षीय रामबहादुरकुमार दनुवार र ११० वर्षीय महेश्वरा अधिकारीलाई ज्येष्ठ नगरपिता र नगरमाता घोषणा गरी आज यहाँ सम्मानित गरिएको छ ।  नगरपालिकाद्वारा २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रदेश नं १ का प्रम

Read More

विराटनगरमा टेलिफोन अवरुद्ध

Posted on October 01, 2018 | views : 1213 | मोरङ्ग - MRG

असोज १५, विराटनगर | विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ ।  शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्च

Read More

मोरङमा रोकिराखेको ट्रकमा मोरटसाइकल ठोक्किँदा दुईको मृत्यु

Posted on September 30, 2018 | views : 1433 | मोरङ्ग - MRG

असोज १४, उर्लाबारी | विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।  गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्रकमा को८प ७२१५ नं को मोटरसाइकल ठोक्किँदा मोरङ, पथरीशनिश्चरे नगरपालिका–

Read More

प्रेस युनियनमा ४२ जनाद्वारा सामूहिक राजीनामा

Posted on September 27, 2018 | views : 1280 | मोरङ्ग - MRG

असोज ११, उर्लाबारी (रासस) | नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् ।  युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ ।  युनियनको अध्यक्षमा पत्र

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53230 | मोरङ्ग - MRG

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19047 | मोरङ्ग - MRG

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

३८ क्वीन्टल सुन तस्करी प्रकरण: एसपी खनाललाई छाड्न अदालतको आदेश

Posted on September 18, 2018 | views : 2127 | मोरङ्ग - MRG

असोज २, मोरङ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई छाड्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । न्यायधिश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको इजलासले उनलार्इ छाड्ने आदेश दिएको अदालतले जनाएको छ । साढे

Read More

सबै प्रदेशमा ट्राफिक कार्यालय, प्रदेश ३ को चितवनमा, ४ को तनहुँमा

Posted on September 17, 2018 | views : 3483 | मोरङ्ग - MRG

अच्युत रेग्मी | असोज १, काठमाडौँ | नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ ।  प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को

Read More

मोरङमा ट्रकको ठक्करबाट एकको मृत्यु, दुइ घाइते

Posted on September 11, 2018 | views : 1362 | मोरङ्ग - MRG

भदौ २६, विराटनगर | विराटनगरमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ | भारतीय नम्बर प्लेटको एचआर ५५ एल ३४३९ नम्बरको भारतीय गाडीले को५प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको हो भने २ जना घाइते भएका हुन् । मृत्यु हुनेमा मोरङको रंगेली नगरपालिका–७ का ३० वर्षीय अंशु अग्रवाल रहे

Read More

पेस्तोलसहित एक पक्राउ

Posted on September 01, 2018 | views : 1364 | मोरङ्ग - MRG

भदौ १६, विराटनगर । सुन पसलमा लुटपाट गर्ने एकजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।  सुन्दर हरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाल (वि

Read More

प्रदेश १ मा दुई विधेयक प्रमाणीकरण

Posted on August 30, 2018 | views : 981 | मोरङ्ग - MRG

भदौ १४, मोरङ | प्रदेश नं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्वाहाङले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण गरिएका विधेयकहरूमा जिल्ला सभाको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बन

Read More

मानव अधिकारको संरक्षण हुने कानून बनाउनुपर्ने

Posted on August 28, 2018 | views : 1207 | मोरङ्ग - MRG

भदौ १२, विराटनगर | बहुजन हिताय बहुजन सुखायका आधारमा प्रदेश सरकारले कानून निर्माण गर्नपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बतएका छन् ।  राष्ट्रिय मानवाधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मानवाधिकार मैत्री कानून निर्माणमा प्रदेश सर

Read More

खेलाडीलाई छुरा प्रहार गरि फरार भएका वडा सदस्य शाक्य पक्राउ

Posted on August 27, 2018 | views : 1274 | मोरङ्ग - MRG

भदौ ११, मोरङ | उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।  आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिनुभयो । मोरङ–११ मा आबद्ध फुटब

Read More

तस्करी गरेको अवैध सामग्री र मोटरसाइकलसहित एक महिला पक्राउ

Posted on August 27, 2018 | views : 1752 | मोरङ्ग - MRG

भदौ ११, विराटनगर | प्रहरीले अवैधरुपमा भारतबाट चोरी तस्करी गरी नेपालतर्फ ल्याइरहेको अवस्थामा रु तीन लाख ४८ हजार बराबरको अवैध सामान, मोटरसाइकल र महिलालाई पक्राउ गरी विराटनगर भन्सार कार्यालय रानीमा बुझाएको छ ।  प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सीमावर्ती क्षेत्रमा हुने तस्

Read More

मोरङको नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण

Posted on August 25, 2018 | views : 2061 | मोरङ्ग - MRG

भदौ ९, मोरङ | मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।  मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ । उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ ल

Read More

जनताले धान्न सक्ने कर लगाउनुपर्छ: प्रधानमन्त्री

Posted on August 21, 2018 | views : 1468 | मोरङ्ग - MRG

भदौ ५, विराटनगर | प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार भए पनि जनताले धान्न सक्ने गरी कर लगाउनुपर्नेमा जोड दिनुभएको छ ।  विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपालमा लगाइएको कर संसारमै सस्तो भएकोे बताउनुभयो ।  उहाँले राजश्व र करका विषयमा अपव्याख्

Read More

विराटनगरको ३२ घरमा पुग्यो पाइपलाइनबाट ग्याँस

Posted on August 21, 2018 | views : 1028 | मोरङ्ग - MRG

भदौ ५, विराटनगर | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायो ग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्नुभएको छ ।  विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको २०० घनमिटर क्षमताको बायोग्यास प्लान्टबाट निस्केको ग्यास पाइपलाइनबाट पहिल

Read More

सुरक्षा गार्ड मृत अवस्थामा फेला

Posted on August 19, 2018 | views : 2639 | मोरङ्ग - MRG

भदौ ३, उर्लाबारी, मोरङ । मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् ।  जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९.४५बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट

Read More

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन दिदनौं: कोइराला

Posted on August 18, 2018 | views : 2314 | मोरङ्ग - MRG

भदौ २, विराटनगर | नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।  विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैल

Read More

आफुलाई धोका दिन लागेको भन्दै एक युवकले गरे प्रेमिकाको विभत्स हत्या

Posted on August 17, 2018 | views : 5673 | मोरङ्ग - MRG

भदौ १, विराटनगर | विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स हत्या गरेका छन् ।स्थानीय ३० वर्षिय दिनेश भट्टराईले आफ्नी प्रेमिका सिता घिमिरेलाई ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर शुक्रबार विहान विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । आफूलाई धोका दिएर अष्ट्रेलिया ज

Read More

विद्यालयको खानेपानीमा विष, १३ विद्यार्थी बिरामी

Posted on August 14, 2018 | views : 2923 | मोरङ्ग - MRG

साउन २९, मोरङ | लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।  ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थि

Read More

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कारवाही

Posted on August 13, 2018 | views : 1382 | मोरङ्ग - MRG

साउन २८, विराटनगर | सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् ।  ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्

Read More

विराटनगर महानगरपालिकामा बम विष्फोटन

Posted on August 12, 2018 | views : 1321 | मोरङ्ग - MRG

साउन २७, विराटनगर | विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थ

Read More

मोरङमा स्वास्थ्यचौकी भवन उद्घाटन

Posted on August 11, 2018 | views : 1397 | मोरङ्ग - MRG

साउन २६, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे–२ छयालिस विघेमा निर्मित स्वास्थ्यचौकी भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ ।  रू एक करोड १२ लाखको लागतमा निर्मित १८ कोठे दुई तले सो भवन १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्तरूपमा उद्घ

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17271 | मोरङ्ग - MRG

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई ६८०० भत्ता

Posted on August 09, 2018 | views : 1370 | मोरङ्ग - MRG

साउन २४, उर्लाबारी, मोरङ | कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ ।  कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक ह

Read More