मुगुमा देवल छन तर अभिलेख छैनन् (फोटो फिचर)

Posted on: 08 May, 2018

नन्द बहादु रोकाया/बैशाख २५, मुगु | मुगु जिल्लामा ऐतिहासिक धरोहर ढुङ्गाले कुदेर बनेका थुप्रै देवल छन । 

तर देवल निर्माणको अर्थ, कहिले र कस्को पालामा देवल निमार्ण भएका हुन भन्ने अभिलेख छैनन् । छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडा गाउँको दायाँ पटी २० फिट अग्लो देवल छ त्यो मात्र पुरा देवल हो । 

अन्य कार्काीवाडा, चैन, रारा, रोवा लगायतका ठाउँमा देवल छन सबै अपुरा छन । छायाँनाथ रारा नगरपालीका वडा नं ४ भामवाडाका ८५ बर्षीय वृद्ध बौद्धे भामाका अनुसार भिमिसेन थापाका पालामा देवल निमार्ण भएका र दैलेख जिल्लाबाट ढुगां गाधामा ल्याई एकै रातमा देवाल निमार्ण गरेका हुन भन्ने अगाडीका ब्यक्तिबाट आफुले सुनेको बताउनु हुन्छ । उहाँले भन्नुभयो एकै रातमा देवल निमार्ण गरिएका र यो भामवाडा गाउँमा रहेको देवल मात्र पुरा देवल भएको र अन्य ठाउँका देवल बनाउदाँ बनाउदै उज्यालो भएकाले अपुरा देवल भएका हुन भन्ने सुन्नमा आएको उहाँको भनाई छ । 

यता अर्का स्थानीय कालीबहादुर भामका अनुसार भामवाडा गाउँमा रहेको देवलमा एक पटी तेलको कुवा एक पटी दुधको कुवा र दुईवटा पानीका धारा सहतिको देवल निमाण भएको थियो भन्ने सुनेको बताए । एउटै ढुगांले निमाण भएको भामवाडा गाउँमा रहेको देवलमा जथावाभि फोहोर छाउपडी भएका महिला नुहाउने गर्नाले तेलको कुवा दुधको कुवा पानीका धारा सबै सुकेको अग्रज बुढापाका बाट सुनेको उहाँको भनाई छ ।

देवल संरक्षणमा युवा हरु जुट्दै ।

ऐतिहासिक धरोहर भामवाडा गाउँको दायाँपट्टि रहेको देवल संरक्षण तथा प्रचार प्रसार गर्नु पर्ने भन्दै युवा हरु लागी परेका छन । प्राचिनकालको सभ्यता ऐतिहासिक धरोहरलाई बचाई राख्न तथा देवललाई प्रचार प्रसार गरी पर्यटक ल्याउन सकिने भन्दै युवाहरु देवल संरक्षण तथा प्रचारप्रसारमा लागी परेका हून । देवल संरक्षण तथा घेरबारका लागी छायाँनाथ रारा नगरपालीकाले ५ लाख तथा विनियोजित गरेको भएपनी भामवाडा गाउँका युवाहरुले ईस्टमेट भन्दा बढीको काम गरेका छन । 

देवल निमार्ण समितिका अध्यक्ष बिजय कुमार भामका अनुसार यस्ता ऐतिहासिक धरोहर मुगुमा हुदाँ हुदै पनी ओझलमा परेका र  यस्ता एैतिहासिक धरोहरलाई बचाई राखि प्रचार प्रसार गरेमा राम्रै आम्दानिको स्रोत बन्न सक्ने उहाँको भनाई छ । 

देवल निमाणको काम ९० प्रतिशत सकिएको र बाँकी रगं रोघन गरी देवाद निमार्ण समितिले जनाएको छ । आगमी दिनमा नियमित पुजा पाठ गरी देवलको प्रचार प्रसार गरीने भामवाडाका युवा हरुको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!