विकासे योजनाको काममा स्थानीयद्वारा खबरदारी

Posted on: 10 May, 2018

नन्द बहादुर रोकाया | वैशाख २७, मुगु | मुगु जिल्ला छायाँनाथ रारा नगरपालीका वडा नं १०,११ १२ अर्थात साविकाको रोवा गाविसका स्थानीय आफनो वडामा आएको योजनालाई पारदर्शी बनाउनको लागी खबरदारि गर्ने गरेका छन ।


विगतका बर्षमा गाउँमा योजना आउने दुई चार जना बाठा टाठाले को मिलोमत्तोमा काम नगरि योजनको रकम खाने प्रचलन भएकाले त्यस्तो हुन नदिन आफुहरुले खबरदारि गर्ने गरेको स्थानीयको भनाई छ  ।

३ बर्ष देखि पुन निमार्ण तथा अनुसन्धान बिकास केन्द आर आर डि सि मुगु द्धारा सञ्चालीत कर्णाली क्षेत्रमा मोनता तोडौ शुसानका तथा परिवर्तनका लागी आवज उठाउ जि जि सि परियोजना  लागु भएको र  स्थानीय लाई  शुसान, पारदर्शिता तथा जवाफदेहिता सम्बन्धि जानकारी गराए संगै छायाँनाथ रारा नगरपालीका साविकको रोवा गाविसका स्थानीय बाठा टाठा भईे योजनाको काम बिकासे बजेलाई पारदशिता बनाउन खबरदारि गर्दै आएको छायाँनाथ रारा नगरपालीका वडा नं १२ का स्थानीय नैेला सिहं विकले बताए ।

उनले भने 'केहि पहिलेका बर्षहरुमा गाउँमा थुप्रै बजेट आउने र मिलोमत्तोमा खाने प्रचलन रहेको थियो । तर आफ्नो वडामा  जि जि सि पयोजना लागु भए संगै शुसान, पारदर्शिता तथा जवाफदेहिता का बारैमा सम्झाई बुझाई गराए संगै हामि वकालत गदै आएको छौ ।'


गाउँमा आउने बिकासी रकम, योजनालाई पारदर्शि बनाउनु पर्ने भष्टचार भएको भए कानुनी कटघेरामा ल्याउनु पर्ने मान्यताका साथ खबरदारि गदै आएको उहाँको भनाई छ । शुसान के हो स्थानीयलाई थाहानै थियन । बिस्तारै जि जि सि ) परियोजनाले नागरिक शिक्षा ,शुसानका बारेमा तालीम दिईए संगै आफुहरुले शुसानका बारेमा जानकारी पाएको स्थानीय महिला सृजना बढुवालले बताईन । स्थानीय निकायमा आउने महिलाको रकम, दलितको रकम, अपाङ्गको रकम, वृद्ध भत्ता,बाल भत्ताका बारेमा आफुलाई कत्ति आउछ । कहाँ बाट आउछ भन्ने पनी थाहा नभएको र  तालिम पश्चात जानाकरी पाएसैगै हरेक पाईला पाईला तुरुटी भएको खण्डमा खबरदारि गर्ने गरेको उहाँले बताईन । जि जि सि परियोजना लागुभएका जिल्लाका साविकाका रोवा, पिना, माग्री र जिमाका स्थानीयले शुसानका बारेमा जानकारी पाई खबरदारि गर्ने गरे भष्टाचार कम भएको र  उपभोता समिति गठन गर्दा होस वा अन्य बिकासे काममा समान सहभागीता महिला दलित सबैलाई समेट्ने गरेका स्थानीयको बताउने गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!