मुगुमा यार्सा सिजन शुरु यार्सा टिप्न जेष्ठ ५ गतेबाट वन खोलिने

Posted on: 13 May, 2018

दान बहादुर बुढा/बैशाख ३१, मुगु | मुगु जिल्लाका विभिन्न वनहरुमा पाईने वहुमुल्य बुटी यार्सागुम्वा संकलनका लागी यो बर्ष जेष्ठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ ।


मुगुम कार्मारोङ्ग गाँउपालिकाको गाँउ कार्यपालिकाको बैठकले यो बर्ष जेष्ठ ५ गतेबाट यार्सा संकलन गर्नका लागी संकलकहरुलाई वन प्रवेश खुल्ला गर्ने निर्णय गरेको छ । 

मुगम कामारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार यार्सागुम्वा संकलनका लागी मुगु जिल्लाका बासिन्दालाई प्रति व्यक्ति १५ सय र जिल्ला बाहिरका संकलकहरुलाई प्रति व्यक्ति २ हजार प्रवेश शुल्क तोकिएको छ भने यसरी संकलन भएको शुल्क गाँउपालिका,व्यवस्थापन र यार्सा पाईने वडालाई भाग गरिनेछ । 


प्रवेश शुल्क वाफत संकलित शुल्क गाँउपालिकाले ३० प्रतिशत,व्यवस्थापन खर्च ३० प्रतिशत र सम्वन्धित वडा नं २ लाई ४० प्रतिशत रकम दिने गरि विभाजन गरिने भएको छ । 

यो बर्ष यार्साबाट यो बर्ष १ करोट राजश्व उठाउर्ने लक्ष्य रहेको छ भर्ने यार्सा टिप्ने पाटनमा जाने स्थानिय तथा बाहिरीय जिल्ला बाट आउर्नेहरुको लागी शुरक्षाको लागी शसस्त्र प्रहरी ४२ जना र नेपाल प्रहरी ३५ जनाको ब्याबस्था गरी सकेको मुगम कामारोङ्गगाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताएका छन | 

मुगु जिल्लाका उच्च हिमाली पाटनहरुमा पाईने यार्सागुम्वा संकलनकाका लागी कणाली प्रदेशका १० जिल्ला लगायत बाजुरा,जाजरकोट,अछाम,बाँके,बर्दिया,कैलाली,कापे्रपलान्चोक,सिन्धुपाल्चोक,तनहु कास्की,मनाङ्ग,मुस्ताङ्ग जुम्ला,हुम्ला कलीकोट,बाट हजारौ संकलक र खरिदकर्ताहरु मुगु जिल्लामा आउने गर्दछन । 


यार्सा सिजन शुरु भएसंगै पाटन जानका लागी मानिसहरुको हिजो आज निकै चहलपहल बढन थालेको छ ।भर्ने पाटन निर जाने यार्सा संकलकहरु दिनिक ४,५ सय जनाहरु मुगुको यार्सा पाईर्ने क्षेत्र तिर जादैछन ।

यार्सा टिप्न मुगुको शिरानिसण भन्ने ठाँउमा पुग्यका जुम्ला जिल्ला कानका सुन्दरी ३ ओखरपाटा गरी बस्र्ने रुप बहादुर बुढाका अनुसार गर्त बर्ष पनि आएको हो अहिले सम्म ४,५ दिन भई सकेको छ बन क्षेत्रमा कहिले पसाल्नेहुन एकदम जोखीम रुपमा काम ज्यानको बाजि राखेर जानु प्रर्ने हुन्छ भन्दै बताउन्छन । बाईट नम्बर २ पाटनमा चाहिने झोल खानेकुरा,न्याना कपडा,पाल,म्याटेस,औषधीहरु यो बेला बढी मात्रामा विक्री हुने भएकाले व्यापारीहरुले यी सामान अधिक मात्रामा स्टक राखेका छन । 


यार्सागुब्बा संकलकबाट प्रवेश शुल्क बाफत बर्षेनी करोड भन्दा बढी रकम संकलन हुदै आएको छ । 

विगत बर्षहरुमा करोड बढी रकम उठेपनि गत बर्ष स्थानिय,संघ र प्रदेशको निर्वाचन भएकाले यार्सा संकलकहरु कम आएका थिए भने यो बर्ष प्रवेश शुल्कबाट जिल्ला विकास समितीले ७० लाख उठाएको थियो जबकी आर्थीक बर्ष २०७२÷०७३ मा १ करोड ६० लाख प्रवेश शुल्क उठेको थियो ।


गत बर्षसम्म साविक जिल्ला विकास समिती र मुगु गाँउ विकास समितीले  उठाउदै आएको यार्सा शुल्क स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गदै  यो बर्षबाट स्थानिय सरकार मुगुम कार्मारोङ्ग गाँउपालिका र सोहि पालिकाको २ नं वडा कार्यालयले उक्त कर उठाउने छन । 

जिल्लामा रहेका ४ स्थानिय तह मध्य यो गाँउपालिकाको वडा नं १ र २ मा अधिक मात्रामा यार्सागुब्वा पाईने भएपनि वडा नं १ डोल्फुका सबै पाटनहरु से फोक्सुन्डो राष्टिय निकुन्जको मध्यवती क्षेत्र परेकाले निकुन्जले शुल्क उठाउदै आएको छ भने २ नं वडामा मात्र स्थानिय सरकारले कर उठाउनेछ । 

वडा नं २ मुगु गाँउका माथिल्लो कोईकी,तल्लो कोईकी,थाक खोला,रिमाड,छापलोला,मुगु पाटन,पुरानो मुगु पाटन लगायत १ दर्जन वढी पाटनमा यार्सागुम्वा पाईन्छ । 

संकलकहरु आफुले संकलन गरेका यार्सा मध्य गुणस्तरका आधारमा १ नम्बरकोलाई प्रति १ बुटीको १ हजार २ नम्बरको प्रति १ बुटीको ५ सय र ३ नम्बरको प्रति १ बुटीको २ सयका दरले खरिद कर्तालाई विक्री गर्ने गर्दछन ।

 १ केजी यार्सा पुग्न १ नं बुटी २७ सय वटा, २ नं बुटी ३५ सय वटा र ३ नं बुटी ४ हजार वटा चाहिन्छ । व्यापारीहरुका अनुसार यसरी संकलन गरिएको यार्सा तिब्बती बजार तथा काठमाडौ,पोखरा र डिल्लीमा प्रति केजी १ नं को ४० लाख २ नं को ३० लाख र ३ नं को २० लाख मुल्यमा विक्री हुने गर्दछ ।

जेष्ठ महिना देखि असार पहिलो साता सम्म यार्सा संकलन गरिने भएकाले बर्षभरीको खर्च जुटाउन गाँउका गाँउ खाली बेरोजगार गरेर युवा,बालबालिका सहित पाटनमा जाने गर्दछन भने यो वेला छायाँनाथ रारानगरपालिका र मुगु कार्मारोङ्ग गाँउपालिकामा रहेका विद्याालयमा विद्याथीको न्यून उपस्थिती हुने गर्दछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!