मुगुमा १ सय ८० घर परीवारलाई कुखुराका चल्ला बितरण

Posted on: 22 May, 2018

दान बहादुर बुढा/जेष्ठ ८मुगु | जिल्लाका सोरु गाँउपालिकामा रहेका जनताहरुलाई कुपोषण न्यूनीकरण गर्नको लागी 'फेन नेपाल' नामक संथाले कुखुराका चल्ला बितरण गरेको छ ।

'फेन नेपाल' नामक संस्थाले बिगत लामो समयसम्म मुगु जिल्लाका बिभिन्न बस्तीमा शिक्षा, स्वास्थ्य,आयआर्जन सम्बन्धि काम गदै आएकोथियो | 


पछिल्लो समयमा मुगु जिल्लामा स्वास्थ्य सम्बन्धि काम गर्दा कुपोषण देखिएको र आय आर्जनको माध्यम समेत निकै दयनीय देखीएकोले यस समुदायमा जिविको पार्जन कार्यक्रम अन्तरगर्त मुगु जिल्लाको सोरु गाँउपालिको वडा नम्बर ४, ५ फोतु गाँउ,र बडानम्बर ९, १० धैनकोट गाँउका १ सय ८० घर परीवारलाई प्रतिघर ५ बटा कुखुराका चल्ला ९ सय ८ हप्ताको गीरीराज जातका  कुखुराका चल्लबितरण गरेको  फेज नेपाल मुगुका जिल्ला स्रोत व्यक्ति मिलन घिमिरेले बताएका छन ।


स्थानिय बासीहरु कुखुराका चल्ला पाएपछि निकै खुसी भएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!