मुगुका महिलाहरुः ‘पाठेघरको पिडाले हैरान, समस्या मनमै’

Posted on: 25 May, 2018

दान बहादुर बुढा | जेष्ठ ११, जुम्ला | मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर १० चराप गाँउकी भौरा ऐडी  २० बर्षकी भईन  ।ऐडीले १७ बर्षको उम्मेरमा बिवाह गरी १७ बर्षको उम्मेरका आमा बनेकी अहिले उनिसैग ३ बर्षय छोरी छन । पहीले १७ बर्षको उम्मेरका आमा हुदा नै पाठेघर खसेको हो । अहिले बन पाखा घाँस दाउरा गोडमेल ,ठूला भारी बोक्न निकै गारो हुने पेट दुखन्र्ने । सम्मस्याले यो कलीलो आउलाउ भन्र्ने उम्मेरमा छ्टपटाएर बस्नु परेको छ । ऐडीको श्रीमान घर छोडेको२ बर्ष बिती सक्यो भारत वा बिदेश कहाँ गए भन्ने कुरा उनिलाई थाहा छौन कहीले काही मात्र फोन गर्ने गरेका छन । अहिले ऐडी ससुरा र एक छारी संग बेहालत गरेर बसेकी छन । उनलाई बिहान बेलुको कसरी छाक टारर्ने छोरी , ऐडी ससुरालाई पाल्लर्नेकी आफु औषधी उपचार गर्ने भन्र्ने चिन्नताले सताई रहेको छ । बिवाह गनु भन्दा पहिले केही थिएन बिवाह गरी एक सन्तान जन्मी सकेपछी पाठेघर बाहीर निस्कने भएको हो पहिला सानो सानोहुदा केही मानिलैन थियो अहिले ठूलो ठूलो बाहस्रनिस्कदा बढी गारो हुन्छ कुनै पनि काम गर्न मनलाग्दैन सेतो पानि आउदा निकै गारो हुने गरेको बताउन्छन । 

भौरा ऐडीको सम्मस्या निकै दयानिक छ भर्ने भौरा ऐडीको गाँउमा मात्र ८ देखी १० जना सम्म महिलाहरुको आङ्ग वा पाठेघर खस्र्ने सम्मस्या लुकाएर बसेकी छन । समस्या लुकाएर बसेकी कक्षा १२ मा अध्यान गरेकी बर्ष २१ की ऐलेसा बुढा को पिडा बिवाह भएको ३ बर्ष पछि बच्चा जन्माए पछि अनको पाठेघर खेसेको हो अहिलृ उनिसंग अहिले १० महिनाको एक बच्चाछ सुत्केरी भएको ८ दिन पछि पाठेघर खसेको छ । घर परीवारमा कुरा गर्न पहिला पहिला गारो भएको थियो ।बाध्यताले अहिले खुलेर बोल्नु परेको छ । पहाडको ठाँउमा काम नगरी खान लगाउन पाईदैन बढी ठूलो गरै काम गर्न सकीदैन अहीले हामी पिडीत महिलाले समयमा उपचार नपाएका बिचल्ली भएर बस्नु पर्नेहुन्छ । म लाई र मरो गाँउमा रहेकी दिदी बहीनिहरुको सम्मस्यालाइ सुन्र्ने देख्र्ने सबै निकाएलाई सहयोगको अफीछा रहेको ऐलेसा बुढाले बताएकी छन । चराप गाँउकी अकी पिडीत महिला  बर्ष २८ की उज्याली बुढाको पाठेघर खस्ने भएको ३ बर्ष भई सक्यो औषधी उपचार गर्न जाम भर्ने रुपैया छहिन मिठो मसनिो  पोषीलो खानेकुरा पाउदैन, काम गर्नु प्रर्ने भारी बोक्नु पर्ने बजार जाम भर्ने जिल्ला अस्पतालमा राम्रो उपचार हुदैन भन्दै दुख पीडा लुकाएर बस्नु परेको उज्याली बुढाले बताएकी छन । 

यस चराप गाँउमा मात्र १०,१२ जना महिलाहरुको आङ्ग पाठेघर खस्र्ने सम्स्या देखीएको छ । १५ बर्ष देखी ४५ बर्ष सम्मकी महिलामा यो समस्या देखीएको छ । 


यति धेरै महिला किन पिडित छन त ?

मुगु जिल्लामा रहेको स्थानिय निकाय १ नगरपालिका ३ गाँउ पालिका भित्र आङ्ग खस्ने समस्या निकै जटीर देखीन्छ । केही दिन मात्र पहिला  ब्यापक प्रचार गरी शिबीर बसालेर  ८,१० जनाको अप्रेशन गरेको छौ ,हप्तामा ३,४ जना महिलाहरु चेक जाच गर्न आउर्ने गरेको छन भर्ने जिल्ला भरी २सय ५० जना जति महीलाहरु मा आङ्ग खस्र्ने महिलाको संख्या रहेका जिल्ला जनस्वास्थ्य कार्यालय मुगुका डाक्टर बिपिन काफ्लोका बताएका छन । पाठेघर खस्नुको मुख्य समस्या सानो उमेरमा बिवाह हुनु, जन्मअन्तरको फरक,गरै भारी बोक्र्ने ,परिवार नियोजन सम्बन्धि जनचेतनाको अभाव, गर्भवति भएका महिलाहरुलाई काम गर्नैपर्ने बाध्यता, महिलाहरु गर्भवती भएका समयमा पोषिलो खानपिनमा ध्यान नदिनुका कारणले अधिकांस महिलाहहरुले यो समस्या निकै जठील रहेको मुगुका डाक्टर बिपिन काफ्लोले बताएका छन । 

जिल्ला स्वास्थय कार्यालयलाई गएको बर्ष सम्ममा यस्तो किसिमका समस्याहरुबाट पिडित महिलाहरुको बिवरण माग्यो भने पाईदैनथ्यो र अहिले पनी पुर्ण बिवरण छैन् । जिल्ला जनस्वास्थ्य कार्यालय मुगुमा  केही महिना मात्रै पहिले कार्यालयले जिल्लामा शिविर मार्फत पिडित महिलाहरुको पहिचान गर्न प्रयास ग¥र्यो, तिनै शिविरहरुबाट २ सय जना महिलाहरु समस्या बाट सामान्य तथा कठिन रुपमा पिडित रहेका भेटिए, ति मध्येका ४६ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएपछि उनिहरु केहीलाई बाहिर पठाईयो भने केहीलाई जिल्लामै भएको शिविरमा शल्यक्रिया थियो ।

 ’जिल्लामा पाठेघर खस्ने समस्या भएका महिलाहरु कति छन भन्ने तथ्याङ्क केही एकिन नभए पनि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाका साविकका पाँच गाबिस फोतु, भिई, कालै, नार्थपु, धैनाकोटमा संचालित महिला प्रजनन अधिकार सम्बन्धि कर्णाली जनजिबिका कार्यक्रम (केड) अन्तरगर्त स्थानिय सस्था कर्णाली एकिकृत महिला बिकास मञ्चकी स्वास्थ्य कर्मी अर्मिला न्याँउपानेका अनुसार सो क्षेत्रका साविकका पाँच गाबिसमा ६४ जना महिलाको पाठेघर खस्ने समस्या रहेको छ । भने जिल्ला भरी ३ सय सम्म पुग्न सक्र्ने समेत बताएकी छन ।

त्यस मध्ये अहिलेसम्म भिईमा २०, जिमा ०६, कालैमा ०८, फोतुमा ०९, नार्थपुमा २१ जनामा यो समस्या देखिएको तथ्याङ्क छ । पाठेघर खस्ने समस्या र यो समस्या व्यहोरी रहेका महिलाको उपचारका लागि ग्रामीण क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयले खासै सेवा दिएको पाईदैन । यो समस्या भोगिरहेका महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउने बातावरण बनाईदिने गतिविधी पनि भएका छैनन । ‘पाठेघर खस्ने समस्या यसबाट पिडित महिलाको लागि उपचारात्क, प्रचारात्मक कार्यक्रम स्वास्थ्य कार्यालयमा नहुने कुरै छैन तर कार्यक्रम के महिलाहरु छन् त्यसका लागि बजेट कति छ भन्ने कुरा कसैलाई जानकारी हुँदैन, कार्यक्रम लुकाउने गरिएको छ’ नाम उल्लेख नगर्ने सर्तमा जिल्ला स्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मिले भने ।

उपचार गराउन कति आउछन आएका मध्य कति जनाको समस्या कस्तो थियो र उपचार के भयो यसका बारेमा पनी कार्यालयसगँ जानकारी छैन् । गएको केही महिना अघि छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जिल्लामा भएको एक स्वास्थय परिक्षण शिविरमा स्वास्थ्य परिक्षण गराएका झण्डै ६ हजार महिलाहरु मध्य १ हजार १ सय ५० जना महिलामा पाठेघर खस्ने समस्या देखिएको बिवरण छ । कम उमेरमा विवाह गरि बच्चा जन्माउने , सुत्केरी अवस्थामा पोषणको कमि तथा कामको भार बढि र लैंगिक विभेद बढि भएकै कारण ठुलो संख्यामा महिलाहरुमा पाठेघर खस्ने समस्या देखिएको चिकित्सकहरुले बताएका छन ।

समस्याकै कारण महिलाहरुको सर्वाङ्गीण बिकासमा बाधा

महिलाहरुमा भएको यो समस्याका कारण महिलाहरु आफु पिडित त छन् नै । तर उनिहरुलाई आफ्नै समाजमा खुलेर बस्न समेत समस्या भएको पाएको केही जानकारहरुको भनाई छ । पाठेघरको समस्या भएका महिलाहरु आफ्नै समाजमा भईरहेका बिकास निर्माण, बिभिन्न बैठक तथा सामाजिक छलफलका कार्यक्रममा समेत सहभागि हुदैनन् ।   

‘उनिहरु आफ्ना समस्या आफुले बाहेक अरुले थाहा नपाओस भन्ने चाहान्छन्, यदिन आफ्नो समस्या अरुलाई थाहाँ भएको खण्डमा समाजको नराम्रो नजर पर्छ भन्ने महिलाहरुको सोचाई भएको पाईन्छ’ महिला तथा प्रजननकै क्षेत्रमा काम एक गैरसरकारी संस्था हिमाली युवा समाज बिकास केन्द्र (हिरिस्डेक) मुगुका अध्क्षय तथा सामाजिक अभियन्ता मिन बहादुर रावलले बताएका छन । 

‘समाजमा सबै महिलाहरु खुलेर बोल्ने आफ्ना समस्या राख्ने भईसकेका छैनन्, त्यसमा पनी महिलाहरुको पाठेघरको समस्या भएको रहेछ भने त उनिहरु आफै घरपरिवार समाज तथा आफनै नजिकका साथीहरुबाट पनी एक्लिएको पाईन्छ’ रावल ले बताएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!