मुगुमा जापान सरकारको अनुदानमा आएको चामल बिक्री भएन

Posted on: 12 Jun, 2018

दान बहादुर बुढा/जेठ २९, मुगु | जापान सरकारले नेपाल सरकारलाई अनुदान दिएको जापानिज चामलको मूल्य वृद्दी भएर आएपछि व्यापारीहरुको चामल धमाधम बिक्री हुन् थालेको छ |  तर अनुदानमा आएको जापानिज चामल भने नेपाल खाद्यान्न संस्थानको शाखा कार्यालय मुगुको गोदाममा थन्कीएको छ ।


जापान सरकारबाट अनुदान आएको खाद्यान्न पछिल्लो समयमा मुल्य वृद्दी भएर आएपछि मुगु जिल्ला खाद्यान्न संस्थानबाट जापानिज चामल बिक्री नभएको हो । जिल्लामा प्रति केजी रु ४६ रुपैया पर्ने चामलको मूल्य वृद्दी भएर ६५ रुपैया पुगेपछि बिक्री हुन छाडेको नेपाल खाद्यान्न संस्थान शाखा मुगुका कार्यालय प्रमुख भरत खनियाले बताएका छन । 

यता सदरमुकाम गमगढी बजारमा रहेका खाद्यान्न पसलहरुमा भने धमाधम बिक्री भईरहेको छ । 

नेपाल खाद्यान्न संस्थानको गोदाममा पाईने जापानिज चामलको मूल्य बढेको हुदा मुगालि र स्थानिय बासी मारमा परेका छन् | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!