मुगुमा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप, २ जना घाइते

Posted on: 06 Jul, 2018

नन्द बहादुर रोकाया/असार २२, मुगु | आज मुगु सदरमुकाम गमगढीमा  सुरक्षाकर्मि तथा  नेत्र विक्रम चन्द नेतृत्वको विप्लप मओवादीका कार्यकर्ता बिच दोहोरो झडप भएको छ । 


झडपमा परी सुरक्षाकमिका दुई जना घाईते भएका छन । झडपमा प्रहरी निरीक्षक देवेन्द्रसिंह धामी र सशस्त्रका सुरेन्द्र सिंह घाइते भएका हुन । धामीको टाउकोमा चोट लागेको छ भने सिंहको छातीमा लागेको छ । गमगढी बजारको कृष्ण चोकमा दिउँसो १ बजे नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीले सास्कृतिक कार्यक्रम गरिरहेका बेला सुरक्षाकर्मिले हस्तक्षेप गरेपछी झडप भएको हो । शान्तिपूर्ण सास्कृतिक कार्यक्रम गरीरहेका बेला सुरक्षाकर्मिले सास्कृतिक कार्यक्रम बिथोलेको र कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको विप्लव कार्यकर्ताले आरोप लगाएका छन् । तीनजना विप्लव कार्यक्रमसमेत पक्राउ परेका बताईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!