मलेरीया रोगबाट मुगु नेपालकै उच्च जोखीममा

Posted on: 17 Jul, 2018

दान बहादुर बुढा | साउन १, मुगु | बिगतमा तराईमा फैलीएका मलेरीया रोग पछीलो समयमा बिकट उच्चहिमाली जिल्ला मुगुमा देखीन थालेको छ | नेपालको तथ्याङ्गक अनुसार मलेरीया रोगबाट  मुगु जिल्ला उच्च जोखीममा रहेको एक अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरीएको छ ।


गर्त बर्ष देखि मुगुको खत्याड गाँउपालिकाको वडा नम्बर ८र १० रिगा गाँउमा मलेरीया रोग फैलीएको छ | आ.व ०७४।०७५ मलेरीया रोगबाट १ सय ३८ जना बिरामी परेका छन्। 

ईजिसीडी महाशाखा काठमाडौबाट आएको स्वास्थ्य कर्मिको टिम र जिल्लामा रहेका बिभिन्न संघ सस्थाको पहलमा औलो प्रभाबित क्षेत्रमा जनचेतना मुलक कार्यक्रमसमेत गरेका छन्। 

नेपालमा औलो रोग सार्ने ३ प्रजातिका पोथी  लामखुट्टेले प्जाज्मोडीएम भाइभेक्स नामक भेक्टर मानिसमा सार्ने गरेको पाइएको इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखाका भेक्टर कन्टोल अधिकृत उत्तमराज प्याकुरेलले बताएका छन |

नेपालमा पाईने ७० जातका लामखुट्टे औलो रोग सार्ने गरेको छ । 

औलो रोग नियन्त्रणाको लागी काठमाडौबाट आएको बिशेषज्ञ टोलीका अनुसार यहाँका मानिसहरु सरसफाई नगर्ने ,समयमा खानपनि नगर्ने, समयमा नसुत्र्ने, नियमित औषधी सेवन नगर्ने गर्नाले  यो रोग लम्बिने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!